Monday, June 29News That Matters

जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ

पूर्णपुष्टि, असार ११

जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले विहिबार विहान घरबाटै पक्राउ गरेको छ ।

२०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका–३ बस्ने २० वर्षिय संजय सदालाई ३ वर्षपछि पक्राउ परेको हो ।

जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ बर्ष ६ महिना २४ दिन कैद र रू १०,००० जरिवना सजाय तोकेको छ । उनलाई विहिबारै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाएर कारागर चलान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।