जबरजस्ती करणी गरेको आरोपमा त्रिनपा १२ का ७० बर्षिय खत्री पक्राउ

पूर्णपुष्टि, पुष ७
जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक बृद्धलाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका १२ की २५ बर्षिय (नाम परिवर्तित) कालिमाया लाई सोही ठाउँ बस्ने ७० बर्षिय गणेश खत्री भनिने जय बहादुर खत्रीलाई प्रहरीले जवरजस्ती करणीको उजुरीको आधारमा पक्राउ गरेको हो ।

पुष ५ गते आफुलाई करणी भएको भन्दै दिएको निवेदनको आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए ।
उनलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि छानविन गर्न र सम्मानित अदालतमा बुझाउन ५ दिनको म्याद थपि अनुसन्धान भईरहेको पनि डिएसपी गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: