पूर्णपुष्टि/उदयपुर भदौ २१
जबरजस्ती करणीका घटनाहरु अधिकांश चिनेजानेका आफन्तबाटै हुने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय दउयपुरमा दर्ता भएका जबरजस्ती करणी सम्बन्धि मुद्दाहरुमा अधिकांश चिनजानका आफन्तबाटै घटना घटेको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा ओरेक नेपाल र महिला मानव अधिकार रक्षकहरुको संजालको समन्यन भएको अन्तरक्रिया कार्यक्रमा तथ्याङ्क सार्वजनिक गरेको थियो ।
जबरजस्ति करणीमा ५ वर्ष मुनिका बालिका समेत परेको पाईएको छ । गत आर्थिक वर्ष २०७४/०७५ को जबरजस्ति करणी सम्बन्धि मुद्दा दर्ताको तथ्याङ्कलाई हेर्दा २९ मुद्दा मध्ये २ जना बाहेक सवै चिनजानका आफन्तबाटै घटना घटेको देखिएको छ ।
जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता आर्थीक वर्ष २०७३/०७४मा १७ वटा दर्ता भएकोमा सवै चिनजान र आफन्तबाट नै घटना घटेको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थीक वर्षको श्रावण महिनामा जबरजस्ति करणी सम्बन्धि ४ वटा मुद्दा दर्ता भएको मध्ये १ जना बाहेक सवै चिनजानका आफन्तबाटै घटना घटेको देखिएको छ ।
आर्थीक वर्ष २०७३/०७४ मा जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दा १० वटा दर्ता भएकोमा सवै चिनजानका आफन्तबाटै घटना घटेको देखिएको छ ।
गत आर्थीक वर्ष २०७४/०७५ मा जबरजस्ति करणी उद्योग सम्बन्धि मुद्दा १७ वटा दर्ता भएकोमा सवै चिनजानका आफन्तबाटै घटना घटेको पाईएको छ ।
गत आर्थीक वर्ष २०७४/०७५मा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्तामा ५ वर्ष मुनीको ३ वटा घटना घटेको तथ्याङ्कले देखाएको छ ।
आर्थीक वर्ष २०७३/०७४ देखि चालु आर्र्थीक वर्षको श्रावण महिना सम्ममा जबरजस्ती करणी सम्बन्धि र जक उद्योग सम्बन्धि दर्ता भएको मुद्दा मध्ये ५५ जना पूर्पक्षको कारागार चलान, ९ जना धरौटीमा छुटेको र १० जना फरार रहेको तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरको प्रमुख, त्रियुगा नगरपालिका मेयर, जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख लगायतले बोलेको थियो ।
देशमा बढ्दो बलत्कार जस्तो जघन्य अपराध न्युनिकरण गर्न हदै सम्मको कारवाही हुनु पर्ने सहभागिहरुको जोड थियो । यस्ता घटनाको प्रमाण संरक्षणमा सुझाएका थिए ।