Saturday, May 17News That Matters

जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा ६ वटा बाख्रा मर्यो, ६ लाख बराबरो क्षती

पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा बाख्राको खोरमा गएराती आगलागी हुँदा ६ वटा बाख्रा मरेको छ । बुधबार राती ११:५० बजेको समयमा स्थानिय नर माया श्रेष्ठ र विना गुरुङको बाख्राको खोरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) हरिहरनाथ योगीका अनुसार ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले दमकल र स्थानीयको सहयोगमा राती साढे १२ बजे आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट नर माया श्रेष्ठको बाख्राको खोरमा रहेका २ वटा खसीबाख्रा पुर्ण रुपमा जली नष्ट र ३ वटा घाइते भई अन्दाजी ४ लाख क्षती र विना गुरुङको ४ वटा खसीबाख्रा जली पुर्ण रुपमा नष्ट भई अन्दाजी २ लाख बराबर गरी जम्मा ६ लाख क्षती भएको प्रहरीले जनाएको छ ।