
उदयपुर, जेठ ३२ गते ।
उदयपुर सिमेन्ट उद्योग जलजलेसंगै रहेको सनराईज बैंक, शाखाले सर्बसाधारणलाई सुविधा दिन जलजलेबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ ।
बैंकले शनिबार विहान एक समारोहकाबीच उद्घाटन गरी सेवा सुरु गरेको हो । शाखा प्रबन्धक उमेशप्रसाद कुसहवाले सर्बसाधारणलाई नजिकमा सहजरुपले सुविधा पुगोस् भन्ने उद्देश्यले सेवा सुरु गरेको बताए ।
स्थानीय जनप्रतिनिधी, समाजसेवी, नागरिक समाज तथा सर्बसाधारणको ब्यापक उपस्थितिकाबीच सेवाको उद्घाटन भएको हो । सेवाको उद्घाटन गाईघाट उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले गरेका थिए ।