Thursday, June 18News That Matters

जहाजभित्र धुम्रपान गरेको आरोपमा एक युवक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २५ । जहाजभित्र धुम्रपान गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी रहेका छन् ।

बुधबार राति ७ बजे दक्षिण कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटदेखी काठमाडौं आएका युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको र एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरिएको डिआइजी ठकुरीले बताए।

कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो ‘डिआइजी ठकुरीले भने’ काउन्टरले खबर आएको छ भने अवतरण भएपछि हामी गयौं त्यसपछि पत्रसहित बुझाएकाले आरोपीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।