Friday, August 7News That Matters

जाल्पाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

मिलन परियार
गाईघाट, असोज १२

जाल्पा एकीकृत बिकास समाज उदयपुरको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सन् २०२० मा जाल्पा एकीकृत बिकास समाज उदयपुरले गरेका बार्षिक कार्यक्रमको उपलब्धि  सिकाई चुनौती र आगामी बर्षका लागी सल्लाहा सुझावहरुसहितको समिक्षा भएको थियो ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपालसंग साझेदारी गर्ने १५ वटा जिल्लाका ३० वटा संस्थामध्ये जाल्पा एकीकृत बिकास समाज उदयपुरले राष्ट्रिय सर्बोउत्कृष्ट सस्थाको अवार्ड हात पारेको  छ । वल्र्ड भिजनको बार्षीक मूल्याङ्कनमा भाग लिएका १७ वटा संस्था मध्ये जाल्पाले अवार्ड जितेको जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले बताए ।
अवार्ड जितेकामा खुसी व्यक्त गर्दै अध्यक्ष पोखरेलले आगामी दिनहरुमा यसलाई बचाई राख्न थप चुनौती थपिएको बताए । आगामी दिनमा जिल्ला बाहिर पनि परियोजाना कार्यक्रम सन्चालन गर्न आबस्यक तयारी गर्ने र संस्थाले सन्चालन गरेको बिभिन्न कार्यहरु एक हप्ता भित्र वेब साईट मार्फत मार्केटिङ गर्ने समेत उनले बताए ।