Friday, June 12News That Matters

जाहाज बादलभित्र छिराउने समिट एयरका पाईलट र को–पाईलट निलम्बित

पूर्णपुष्टि, चैत १ । जाहाज बादलभित्र छिराउने समिट एयरका पाईलट र को पाईलट निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गरेका दुई पाइलटलाई कारबाही गरेको छ।

अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध लगाएको र छानबिन अघि बढाइएको प्राधिकरण स्रोतले जनाएको छ । भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन । त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

प्राधिकरणका अनुसार गत जेठ १५ गते पोखरामा तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका पाइलट र को–पाइलट कारबाहीमा परेको हो । तारा र समिट एयरले पोखरा–जोमसोम रुटमा उडान गर्दै आएका छन् । पोखरा–जोमसोम रुटमा तारा र समिट एयरले मात्रै उडान गर्दै आइरहेका छन्।