Tuesday, June 30News That Matters

जिप दुर्घटनामा चालकको मृत्यु

तेह्रथुम, बैशाख ६ 

तेह्रथुममा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालक तेह्रथुम मन्छायायेम गाऊपालाक–५ का ४६ बर्षीय कृष्ण खापुङको मृत्यु भएको हो ।

गतराती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिप चालक खापुङ गम्भिर घाईते भएको थियो ।

घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको प्रहरीले जनाएको छ ।