जिप दुर्घटनामा दुई शिक्षक र दई विद्यार्थीको मृत्यु, ९ जना घाईते

पूर्णपुष्टि, मंसिर २३
लम्जुङमा जिप दुर्घटना हुँदा एक शिक्षकहित दुई विद्यार्थीको ज्यान गएको छ । विद्यार्थी र शिक्षक बोकेको सो जिप दुर्घटनामा परी अन्य ९ जना भने घाईते छन् ।
विद्यार्थी घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैँजाँदै गरेको १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी २ वटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो ।
मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्।
लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार ९ जना घाइते भएका छन्। दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगेको डिएसपी कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: