मेरिआइडेन्टी अन्तर्राष्ट्रिय सम्मानमा ११ देश सहभागी, नेपालबाट उदयपुरका कार्की र खोटाङका राई सम्मान्नित

पूर्णपुष्टि मंसिर २३
मेरिआईडेन्टी अन्तराष्ट्रिय सम्मान बाट नेपालका दुई यवा सम्मान्नित भएका छन् । करिब ११ देशहरुको सहभागी रहेको सम्मान कार्यक्रममा नेपाल बाट उल्टो मोटरसाईकल यात्री उदयपुरका चित्र कुमार कार्की र लेखक तथा खेलाडी खोटाङका रक्षा कुमार राई सम्मान्नित भएका हुन् ।
उनिहरुलाई नेपालको तर्फबाट भारतका प्रदेश मन्त्री एरा डी शर्माले नेपालको राष्ट्रिय झन्डा ओडाएर सम्मानपत्र मेमोन्टो सहित सम्मान गरिएको हो । सम्मान समारोहमा नेपाल भारत दुवई थाइल्यान्ड जापान अमेरिका लगाएत ११ देशका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिको उपस्थिति रहेको थियोे। मेरिआइडेन्टी अन्तर्राष्ट्रिय म्यागजिनले आयोजना गरेको कार्यक्रममा नेपालका चित्रकुमार कार्की र रक्षकुमार राईलाई अन्तर्राष्ट्रिय सम्मान छनोट समितिले सम्मान दिने निर्णय गरेको आयोजक समिति अध्यक्ष डाक्टर सेर सिह बगेलाले बताएका छन् ।

कार्कीले सन २०११ मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण पर्यटन प्रवर्द्धन लगाएत नारा सहित नेपालको मेचीदेखि महाकालीसम्म उल्टो यात्रा गरेर विश्व रेकर्ड राखेका थिए । साथै अन्य पत्रकारिता सगै सामाजिक काममा समेत अग्रसर रहेका छन् । राई लेखक तथा खेलाडी विश्व रेकर्ड राखि सकेका ब्यक्ति हुन । कार्की र राई दुवैलाई १८ गते होटल कार्लस राजस्थानमा सम्मानित गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0