
गाईघाट, साउन, ३
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उदयपुले आफ्नो ३१ औँ स्थापनाको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शनिवार नेपाल रेडक्रस सोसाईटी भवन कार्यलय बोक्से स्थित रक्तदान कार्यक्रमको अयोजना गरिएको हो । जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डे सहित अन्य व्यक्तिहरुले रक्तदान गर्नुभएको छ ।
प्रमुख अधिकारी पाण्डेले यो भन्दा पहिले ३० पटक रक्तदान गरिसको बताउँदै जिफन्टको स्थापनाको अवसरमा पनि रक्तदान गर्न पून अवसर मिलेको बताउनुभयो ।
संस्थाको उज्वल भविष्यको शुभकामना सहित रक्तदान प्रति सबैलाई प्रेरणा र जिवन रक्षाका लागि रक्तदानको ठुलो भुमिका रहने उहाँले बताउनुभयो ।
जिफन्ट त्रियुगा नगर कमिटिका अध्यक्ष माया भण्डारीले मानव जिवनमा रगत अति उपयोगी बस्तु रहेको र मानव जिवनको अतिआवश्यकमा पर्ने वस्तु रहेको बताउँदै रक्तदानको कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले बिषेशगरी मजदुरहरु रगत विहिन अवस्थामा ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै संस्थाको स्थापनाको अवसर पारी रक्तदान कार्यक्रम गरिएको जनाउनुभयो ।
पैसा हुनेहरुले ज्यान बचाउन रगत किन्न सक्ने भएपनि मजदुर तथा गरिब बर्गहरु आर्थिक स्थरमा कम्जोरी हुने हुदा त्यस्तो व्यक्तिहरुको जिवन रक्षाका लागि रक्तदानको ठुलो भुमिका र अवस्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोग तथा जिफन्ट त्रियुगा नगर कमिटिको अयोजनामा कार्यक्रम गरिएको हो ।


