
मोरङ, साउन ३
मोरङमा एक जना घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलबारी–१ निबासी ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो ।
हिजो राती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडेर वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
