Friday, July 3News That Matters

पाल्पा–बुटवलको सडक अवरुद्ध

पूर्णपुष्टि, साउन ३

अविरल वर्षासँगै आएको पहिरोले पाल्पा–बुटवलको सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो गएको ठाउँमा रहेका गाडी सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडक माथिल्लो भागबाट निरन्तर ढुंगा सहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।