Friday, July 3News That Matters

पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

पूर्णपुष्टि, साउन ३

अविरल वर्षासँगै आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो ।

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा दुई वटा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा भने गाडी चलिरहेका छन् ।