
पूर्णपुष्टि, असार २९
आज जिम क्लब भित्र एकजना २३ वर्षीय युवामाथि खुकुरी प्रहार भएको छ । बिहान साढे ६ बजेको समयमा दाङको तुल्सीपुर–५ रानीजरुवाका विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका–५ बस्ने ३२ वर्षीय निर्मण बस्नेतले खुकुरी प्रहार गरी सुनारलाई गम्भीर घाइते बनाएका थिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको छ । खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
