Saturday, June 20News That Matters

देउवा बने प्रधानमन्त्री

पूर्णपुष्टि, असार २९

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पुन प्रत्रानमन्त्री नियुक्ती भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । ‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतः सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ ‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने ।