Saturday, June 20News That Matters

उदयपुरमा साइकलिंग च्यालेन्ज हुने

पूर्णपुष्टि, असार २९

उदयपुर जिल्ला साइकलिंग संघ र गाईघाट साइकल सिटि नेटवर्क को आयोजनामा यही आउदो शनिबार कोरा साइकलिंग च्यालेन्ज हुने भएको छ । बढ्दो प्रदुर्शन, अब्यबस्थित जीवन शैलीलाई मध्य नजर गर्दै जिल्लामा यस्ता गतिविधि भैरहने गर्दछन । साइकल चलाउनु हरेक कोणबाट फाइदाजनक हुने हुदा बेला–बेलामा हुने येस्ता गतिविधिले साइकलका प्रयोग कर्ता बढ्ने विश्वास पनि गरिन्छ । कोरोना प्रकोपले गर्दा यस पटकको कोरा जिल्लाको तीन ठुला शहरमा हुने र एक गु्रपमा १५ जना भन्दा बढी सहभागी नहुने गरि गराउने संघका सचिब शन्तोष गुप्ताले बताउनुभयो ।

चौदण्डी साइकल सिटिले बेल्टारमा, जिल्ला संघले गाईघाटमा र कटारी राइदर्सले कटारीमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम संचालन गर्ने गुप्ताले बताउनुभयो ।