Wednesday, May 20News That Matters

जिल्लाको निर्णय प्रति केन्द्रको ध्यानाकर्षण

उदयपुर/फागुन, २६

देशकै ठुला पार्टिको रुपमा एकिकरण भएका नेकपा एमाले र नेकपा माओवादी पार्टीबिचि बिभिन्न क्षेत्र तथा तहहरुमा पनि एकिकरणका पूर्ण तयारी भईरहेको छ ।

तसर्थ उदयपुरमा पनि अनेरास्ववियुको केन्द्रिय कमिटिमा केन्द्रिय प्रतिनिधि तथा जिल्ला संयोजक र सहसंयोज सहितको भागबण्डा नामवली फागुन १० गते केन्द्रको निर्णय अनुसार सार्वजानिक भएको थियो ।

तर जिल्ला कमिटिले भने फेरी फागुन १८ गते बैठक बसी फागुन २५ गते सार्वजानिक गरेको नामवली निर्णय विपरित भएको भन्दै अनेरास्ववियु उदयपुर जिल्लाका केन्द्रिय कमिटि सदस्य केशव चाम्लिङ, रामशर चौधरी र अनेरास्ववियु केन्द्रिय लेखा आयोग कमिटीका सदस्य सम्भु प्रसाद सर्माले विज्ञाप्ती जारी गर्दै आपत्तिजन निर्णय भएको बताउनुभएको छ । कमिटिले संगठनको विधि, पद्धति र विधान  विपरित काम गरेको भन्दै आपत्तिजनक जनाएको विज्ञाप्तीमा उल्लेख छ ।

संगठनको नियम निती भन्दा बाहिरको निर्णयमा कसैलाई पनि मान्य नहुने र यस्तो निर्णयमा कसैलाई पनि छुट नभएको भन्दै यो निर्णयमा कसैले पनि भ्रम नलिन अनुरोध गरेको छ । यस्तै तत्कालै कमिटि र यस माताहतमा रहेका अन्य कमिटिहरुलाई यस निर्णय सच्याएर अगाडी बढ्न समेत विज्ञाप्तीमा उल्लेख गरिएको छ ।