Sunday, March 16News That Matters

जिल्ला उदयपुर करागारका २३६ जना कैदीको नि:शुल्क आँखा जाँच

पूर्णपुष्टि, जेष्ठ ३ ।  ३१ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्ला उदयपुर करागारका २३६ जना कैदीबन्दीको नि:शुल्क आँखा जाँच गरिएको छ ।

बिहिबार मदन आश्रित स्मृती दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन र नेपाल नेत्र ज्योति सङ्घ मदन भण्डारी आखाँ अस्पताल उदयपुरद्धारा आयोजित कार्यक्रममा २२४ जना पुरुष र १२ जना महिला गरी जम्मा २३६ जना कैदीको आँखा जाँच गरिएको हो । आँखा जाँच गरिएको मध्ये ५७ जनालाई चस्मा, ९२ जनालाई औषधि सिफारिस गरिएको छ भने ३ जनाको अपरेसन नै गर्नुपर्ने अवस्था रहेको छ । औषधि, चस्मा र अपरेसनको खर्च भन्डारी आँखा अस्पताल र मदन भन्डारी फाउन्डेसले व्यहोर्ने छ ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभाकी उप–सभामुख सिर्जना दनुवार, कोशी प्रदेश सभा सदस्य गिता रेग्मी, त्रियुगा नगरपालिकाकी उप–मेयर महेश्वरी राई प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । औषधी, चस्मा र शल्यक्रिया सबै नि:शुल्क मदन भन्डारी आँखा अस्पताल र मदन भन्डारी फाउन्डेसले व्यवस्था मिलाउने अध्यक्ष भागवत राउतले बताउनुभयाे ।