Monday, March 17News That Matters

जिल्ला निर्वाचन कार्यालयको अत्यन्त जरुरी सूचना

यही मिति २०७४ साल मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिर्इ मतदान गर्ने अधिकारको सदुपयोग गर्नुहुन सम्पुर्ण मतदाताहरुलार्इ अनुरोध छ । मतदाता परिचयपत्र लिएर मतदान गर्न बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म तोकिएको मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदानको लागि मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएकाहरुले आफ्नो फोटो सहितको परिचय खुल्ने नागरिकता, लालपुर्जा जस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्र लिएर आउनु पर्नेछ । यस निर्वाचनको बारेमा थप जानकारी लिन प्रत्येक मतदान केन्द्रको लागि एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाइएकोले उहाँहरु सँग जानकारी लिनुहुन साथै जिल्ला निर्वाचन कार्यालय उदयपुरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

जिल्ला निर्वाचन कार्यालय, उदयपुर, ०३५-४२०२६२