
पूणर्पुष्टि, असार, ५
बहुउपयोगी बहुगुनी औषधीको रुपमा परिचित गुर्जुको विरुवा जिल्ला प्रशासन कार्यलय मार्पmत सम्पूणर् सरकरी कार्यलयहरुलाई शुक्रबार वितरण गरिएको छ । यसको महत्व नबुझ्दा लोप हुदै गएको र यसलाई चिन्न नसक्दा मुल्य विहिन रहेको गुर्जुलाई संरक्षण र महत्व दिन सबै कार्यलयहरुलाई विरुवा वितरण गरिएको हो ।
जिल्ला प्रमुख अधिकारी दिपक कुमार पहाडीले आफ्नो कार्यलयमा विरुवा रोप्दै अन्य कार्यलयहरुमा पनि रोप्न अनुरोध गरी विरुवा वितरण गर्नुभयो । राजश्व कार्यलय लाहानका प्रमुख कर अधिकृत कमल बहादुर राजलवटले यसको प्रयोग र संरक्षण गर्दै आउनुभएको छ । अन्य औषधीहरु त्यागेर आफुले बार्षौ देखि गुर्जुको प्रयोग गर्दै आएको र अहिले सम्म अन्य कुनै औषधीहरु प्रयोग गर्नु नपरेको भन्दै सबैमा यसको ज्ञान हुनु पर्ने बताउनुभयो ।
ज्ञान सँगै यसको महत्व र मुल्य दिन पनि गुर्जुको संरक्षण र प्रयोग गरी यसबारे जाकारी र फाइदा लिन सबैलाई अनुरोध गर्नुभयो । आफु कुनै विज्ञ र डाक्टर नभएको बताउँदै यसको नियमित प्रयोग गर्ने व्यक्ति भएका कारण आफ्नो अनुभव सामाजिक उत्तरदायित्व स्वरुप सबैमा जानकारी प्रदान गरेको उहाँले बताउनुभयो ।
अहिले विश्वमाहामारीको रुपमा फैलिएको कोरोना भाइरसको लागि पनि उपयुक्त रहेको उहाँले बताउनुभयो । सयौँ रोगहरुको लागि प्रयोग गर्न सकिने गुर्जु आफुले प्रयोग गरेको करिब ११ बर्ष सम्मको अनुभव उहाँले सुनाउनु भएको छ ।
उहाँले यसको नियमित प्रयोगले स्वास्थ्य रहने कुरा सुझाउनु भएको छ । यसको प्रयोग, संरक्षण र महत्वको प्रचार गर्दै नेपालभरी नै यसको प्रयोग गरी नेपालमै औषधीको स्रोतको रुपमा परिवर्तन गर्ने उदेश्यले आफ्नो कार्यलय परिसर र अन्य कार्यलयहरुमा पनि गुर्जु भरिभराउ गरिसकेको बताउनुभयो ।
यसै क्रममा उदयपुरमा पनि यसको संरक्षण, महत्व र प्रयोगको लागि सबै कार्यलयहरुमा रोप्न अनुरोध गर्दै जिल्ला प्रसाशन कर्यलय सँग समन्वय गरी प्रसाशन मार्फतै सरकारी कार्यलयहरुलाई विरुवा वितरण गरिएको हो । सरकारी कार्यलय सँगै पत्रकार, व्यापारी, कर्मचारी र अन्य व्यक्तिहरुलाई पनि विरुवा उपलब्ध गराइएको छ ।
राजलवटले आफु एक कर्मचारी रहेको र यसको कुनै स्वार्थ स्वरुप जानकारी तथा विरुवा वितरणमा लागेर नहिडेको बताउनुभयो । बेरोजगारी भएर यसको प्रचार प्रसार र स्वार्थको लागि नभइ यस बारे आफुले प्रयोग गरेको फाइदा बारे सबैलाई जानकारी हुने हिसावले सामाजिक उत्तर दायित्व स्वरुप यसको सदैब संरक्षणको लागि पहल गरेको बताउनुभयो ।
गुर्जुका गुनहरु एन्टि ब्याक्टारिया, (जिवाणु रोधि) एन्टि भाइरल, एन्टिक एलर्जि, एन्टि एक्सिडेन्टल, एन्टि एसिड, एन्टि ट्युमर, एन्टि इन्फ्लामेटरी, लगाएत छन् भने यसको फाइदा तथा उपयोगिहरु रोग प्रतिरोधात्मक क्षमता, रुघाखोकी सबै प्रकारको ज्वरो, ग्यास्ट्रिक, शरिर शक्ति, रत्तचाप, मधुमेह, युरिक एसिड्, कलेजो, मुटु, मृगौला, मानसिक रोग, चिन्ता, जस्ता रोगहरुको बिषेश औषधी रुपमा रहेको अधिकृत राजलवटले बताउनुभयो ।
यसै गरी शरिर भित्र भएको बिषहरु बाहिर निकाल्ने, नशा सम्बनिध तथा मानसिक समस्याको नियन्त्रण, पाचनलाई बलियो बनाउने, रगतको प्लेटलेस बढाउने, पेट समन्धि समस्या, आँखाको विकार, छालाको समस्या, श्वासप्रश्वास समस्या, लगाएत सयौँ रोगहरु समेत बहुउपयोगि औषधी गुर्जु रहेको उहाँले बताउनुभयो ।
लाहानका प्रमुख कर अधिकृत कमल बहादुर राजलवटको सौजन्य, उद्योग वाणिज्य संघको सहकार्य र जिल्ला प्रसाशन कार्यलय मार्फत ५ सय विरुवा वितरण गरिएको प्रशासकीय अधिकृत दिपक दाहालले बताउनुभयो ।

