जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवान हल्दारमा बढुवा

पूर्णपुष्टि, पुष २७
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत १८ जना प्रहरी जवानको हवल्दार पदोन्नति भएको छ । जिल्लाको बिभिन्न पालिकाहरुमा काम गर्दै आईरहेका जवानहरुको पद स्तरउन्नती हुँदै हवल्दारमा बढुवा भएको हो । प्रहरीको पेशा प्रतिबद्ध भई जनताको सुरक्षामा कर्तव्यनिष्ट भएर लागि परेको भन्दै उनिहरुको कामको उच्च मुल्याङकनका साथ जवान बाट हवल्दारमा बढुवा गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बढुवा हुनेहरुमा भुवन राई, रुपाधन राई, केशर बहादुर बिक, ज्ञानी कुमारी चौधरी, रोशन श्रेष्ठ, बिशाल बिष्ट, मया बिष्ट, अम्बिका कार्की, सम्झना कुमारी लामा, गौरव लामा, खगेन्द्र तामाङ, तेज बहादुर चौलागाई मेघराज खतिवडा, अनिल कुमार मण्डल, बिरेन्द्र कुमार मण्डल, शत्रुधन ठाकुर, मिथिलेस कुमार यादव, र अनिल कुमार यादव रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (एसपी) सुवास चन्द्र बोहोरा र प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले तर्जनी चिन्ह लगाएर पद बहाली गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: