
पूर्णपुष्टि, माघ २९ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला शसस्त्र प्रहरी बल उदयपुरका शसस्त्र प्रहरी प्रमुख उपरिक्षक (एसपी) सरोज सिंह बस्नेतलाई बिदाई गरेको छ ।
मंगलबार बोक्सेस्थित जिल्ला ब्याटमिन्टन संघको कबर्ड हलमा उदयपुरबाट छिन्नामस्ता २ नम्बर बाहिनि महोत्तरी बर्दिवास सरुवा भएका एसपी बस्नेतलाई शुभकामना दिदैँ बिदाई गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले जानकारी दिए । जिल्ला ब्याटमिन्टन संघ उदयपुरका अध्यक्ष समेत रहेका राईले एसपी बस्नेतलाई मायाको चिनो स्वरुप जिल्ला ब्याटमिन्टन संघ उदयपुरको टिसर्ट प्रदान गरे ।
बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका (एसपी) हरिहरनाथ योगी, श्री पशुपती प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले लगायतको उपस्थिति रहेको थियो ।