Saturday, April 26News That Matters

जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा प्रजिअ घिमिरेको बिदाई

पूर्णपुष्टि, चैत्र ७ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरीप्रसाद घिमिरेलाई बिदाई गरेको छ ।

बुधबार बोक्से स्थित जिल्ला ब्याटमिन्टन संघ उदयपुरको कबर्डहलमा एक कार्यक्रमको बिच उदयपुरबाट पर्वत जिल्ला सरुवा भएका प्रजिअ घिमिरेलाई शुभकामना दिदैँ बिदाई गरिएको जिल्ला ब्याटमिन्टन संघ उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले बताउनुभयो ।

बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगी, श्री पशुपति प्रसाद गणका गणपती शिव प्रसाद वाग्ले, सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुरका गणपती सुशिल कुमार शाही, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका प्रमुख उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रजिअ घिमिरेको स्थानमा प्रेमप्रसाद लुइँटेल नयाँ प्रजिअको रूपमा आउन लागेका छन् । लुइँटेल यसअघि केही वर्ष उदयपुरमा सहायक प्रजिअको रूपमा कार्यरत रहिसकेका छन् ।