Monday, May 12News That Matters

जिल्ला समन्वय समिति उदयपुरमा बिषयगत कार्यालयको बार्षिक समिक्षा सम्पन्न

पूर्णपुष्टि, पुष २० । उदयपुरमा जारी स्थानीय तह सहित बिषयगत कार्यालयहरुको बार्षिक समिक्षा समन्वय समितिको हलमा सम्पन्न भएको छ ।एक बर्षमा कार्यालयले गरेका क्रियाकलाप कस्ता रहे, समस्याहरुको पहिचान र समाधानका प्रयासका बारेमा सरोकारवाला निकायलाई जानकारी दिने उदेश्यले समिक्षाको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा रौतामाई गाउँपालिका वाहेक सात वटा स्थानीय तह, १४ वटा बिषयगत कार्यालय र ५ वटा विकास साझेदार संस्थाले उपलब्धि र समस्याका बारेमा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए ।

कार्यक्रममा कार्यालयहरुले कतिपय कामहरु कानुन निर्माण नहुँदा र नीतिगत अल्झनका कारण सोचेअनुरुप गर्न नसकिएको बताए । उनीहरुले विकास प्रतिको जनताको वेग्रह चाहानाहरु नीतिगत समस्याका कारण रोकिएको बताए ।सहभागि जनप्रतिनिधिहरुले मुलुक संघीयतामा गएपनि अधिकारहरु केन्द्रमा नै राख्ने, वजेट केन्द्रसँगै आश्रीत रहनु पर्ने समस्याकारण विकासले सोचे जस्तो फड्को मार्न नसकेको बताए । उनीहरुले स्थानीय श्रोतसाधन परिचालन, संकलनमा समस्याहरु रहँदा आन्तरिक श्रोतसमेत उठन नसकेको बताए ।