
पूर्णपुष्टि, ७ जेष्ठ ।
गाईघाटको जिवन लघुवित्त र प्रदर्शनकारीबीच भएको झडमा ३ प्रदर्शनकारी घाईते भएको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीको तर्फबाट तिन जना घाईते भएको प्रहरीको भनाई छ । संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको र गाली गर्दै पठाएको जनाए । सोही विषयमा संघर्ष समितिले बिहान बाटै जिवन लघुवित्त संस्थामा बिरोध गर्दै आएका थिए । यसै बिच अचानक ढुँगा हानाहान हुँदा प्रदर्शनकारीहरु घाईते भएको अध्यक्ष राईले जनाए । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलका अनुसार तीन प्रदर्शनकारीहरु सहित केही प्रहरी पनि घाईते भएको जनाए । नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट पनि घाईते भएको एसपी फुँयाललको भनाई छ ।
