Wednesday, June 24News That Matters

जिसस उदयपुरबाट केन्द्रिय कोषमा १ लाख १३ हजार जम्मा

पूर्णपुष्टि, चैत २७ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जिल्ला समन्वय समिति उदयपुरले आज आफ्नाे तर्फबाट सहयोग रकम उपलब्ध गराएको छ ।

जिसस प्रमुख खड्गबहादुर परियारका अनुसार कोषमा १ लाख १३ हजार, ५ सय ३५ रुपैया जम्मा गरिएको हो । सरकारको एकद्वार प्रणाली अन्तर्गत केन्द्रिय कोषमा रकम जम्मा गरिएको प्रमुख परियारले बताउनुभयो ।

यतिबेला सिंगो देश नै कोरोना भाइरस जस्तो विश्व महामारीको रुपमा फैलिरहेको रोगको विरुद्धमा लडिरहेको र त्यसका निम्ति हरेक तह र तप्काको सहयोग आवश्यक रहेकाले सहयोग गरिएको उहाँले बताउनुभयो । सहयोग सरकारले एकद्वार प्रणालीमा जम्मा गर्ने र खर्च गर्ने नीति लिएको कारण सिधै केन्द्रमा जम्मा गरिएको उहाँले बताउनुभयो ।