
पूर्णपुष्टि, साउन २५
भक्तपुर जगातीमा जिप र मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
गतराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षीय सुमन कटुवालको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका जीप चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
