
झापा, फाल्गुन १५ गते ।
झापाको बिर्तामोडमा जुवा खेली रहेको अवस्थामा कौडा र नगदसहित छ जना जुवाडे पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–४ मन्दा बस्तिको कोपीला लिम्बु तामाङको घरमा जुवा खेली रहेको अवस्थामा बुधबार साँझ साँढे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको हो ।
जुवा खेलिरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङ र जुवाडेहरु हल्दिवारी–४ निबासी ५२ बर्षीय प्रलाद चुँडाल, बिशुलाल मेचे, हल्दिवारी–५ निबासी ३५ बर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका–१३ निबासी ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट १६ थान कौडा, नगद ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवायल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कार समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जना माथी थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
