
ताप्लेजुङ, फाल्गुन १५ गते ।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ मा बुधबार साँझ साँढे ५ बजे ट्याक्टर दुर्घटना हुदा सह–चालक खगेन्द्र नेपालीको मृत्यु भएको हो ।
साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा मैवाखोला गाउँपालिका–१ निबासी १८ बर्षीय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उक्त ट्याक्टर चालक मेरिङदेन–४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भएको थियो । घाईते शेर्पाको जिल्ला अस्पताल ताप्लेजुङमा उचार भईरहेको प्रहरीले जनाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
