
गाईघाट, फागुन १५ गते ।
आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन बढेर बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको नौ सय रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।
