Tuesday, November 18News That Matters

जेनजी आन्दोलनमा प्रहरी चेकपोष्टमा आगजनी गर्ने युवक पक्राउ

पूर्णपुष्टि, कार्तिक १५ । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा थानकोटस्थित प्रहरी चेकपोष्टमा आजनी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्ने ४४ वर्षीय किरण लामा रहेका छन् । फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।