Wednesday, May 20News That Matters

उदयपुर जेसिजको नयाँ क्यालेण्डर विमोचन

पूर्णपुष्टि, बैशाख ९

नयाँ बर्षलाई लक्षित उदयपुर जेसिजले प्रकाशन गरेको क्यालेण्डर बिहीबार विमोचन गरिएको छ । आफ्ना कार्यक्रमलाईसमेत समेटेर तयार पारिएको क्यालेण्डर जेसिजका पुर्वअध्यक्ष सन्तोष गुप्ता र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले संयुक्तरुपमा विमोचन गरे ।

अरु भन्दा पृथक रहेको क्यालेण्डर उदयपुरेबासीको हातहातमा पुर्याउने लक्ष्य रहेको जेसिजका अध्यक्ष शर्मिला थापा (सबु)ले बताईन् । उनले भनिन्, ‘हामीले वृहत्तर क्षेत्रलाई समेटेर क्यालेण्डर प्रकाशन गरेका छौ, आशा छ सबैको सल्लाह सुझाब पाउनेछौ र आगामी दिनमा थप परिस्कृत गर्दै जानेछौ ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ उदयपुरका भर्खरै निर्वाचित नयाँ कार्यसमितिलाई जेसिजले बधाई तथा सम्मान गरेको छ । गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वलाई सम्मान गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघ अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित अध्यक्ष भरत खड्का, उपाध्यक्षमा पर्शुराम थापा, सचिव विश्वराज तामाङ सदस्यहरु बुद्धि चामलिङ, किरनप्रसाद ढुंगाना, सरोज निरौला, चन्द्र राई, जेसिजका पुर्वअध्यक्ष धुर्व पोखरेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सबैलाई अध्यक्ष थापाले खादा ओडाएर सम्मान गरिएको थियो ।