
पूर्णपुष्टि/उदयपुर, फागुन ७ गते
-गाईघाट (बोक्से)को नवनिर्मित व्याड्मिन्टन कवर्डहलमा सोमबार भएको प्रथम जिल्ला स्तिरीय ध्रुब मोवाईल जेसिज कप व्याडमिन्टन प्रतियोगिताको ए डिभिजनतर्फ सन्तोष कटुवाल र सरोज खवासको जोडी प्रथम भएको छ भने बि डिभिजनतर्फ प्रदिप श्रेष्ठ र राजन राउतको जोडी प्रथम भएका छन् ।
ए डिभिजनतर्फका कटुवाल र खवासको जोडीले २१–१३, २१–१५ को सोझोसेटमा धनकुमार श्रेष्ठ चित्र थापाको जोडीलाई पछिगर्दै प्रथम भएका हुन् । त्यस्तै वि डिभिजनतर्फका श्रेष्ठ र राउतको जोडीले २१–१८, २१–९ र २०–२३ को डिसाइडिङ खेलमा बादल खतिगडा र गम्भिरमान दनुवारको जोडीलाई पछि पार्दै प्रथम भएका हुन् ।
ए डिभिजन तर्फ धनकुमार श्रेष्ठ र चित्र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो भने बी डिभिजिन तर्फ बादल खतिवडा र गम्बिरमान दनुवारको जोडीले दोस्रो स्थानमा चित्र बुझाउनु पर्यो ।
त्यसैगरी ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र क्षितज राईको जोडी तथा बलबहादुर कार्की र रुबेन राईको जोडीले तेश्रो स्थान हासिल गरेका छन् भने वि डिभिजनतर्फ भोटराज राई र किसन राईको जोडी तथा शंकर थापा (एसकेटी) र बलराज गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् ।
विजयी प्रथम, दोस्रो र तेस्रो हुने खेलाडी जोडीहरुलाई शिल्ड, प्रमाणपत्र, मेडल र क्रमशः तीन, दुई र एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
उदयपुर जेसिज २०१८ को आयोजना, जिल्ला व्याड्मिन्टन संघ उदयपुरको संयोजन तथा जेसीद्वय सन्तोष गुप्ता र ललितकुमार नायकको संयोजकत्वमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई कार्यक्रममा आयोजक जेसिजका अध्यक्ष ध्रुव पोखरेल तथा विभिन्न अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
ए डिभिजनतर्फ ७ र वि डिभिजनतर्फ ४४ टिमले प्रतिष्पर्धा गरेको प्रतियोगिताका विभिन्न सहयोगी निकायहरु र सहयोगीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । साथै प्रतियोगिताका मुख्य रेफ्री दिपक राई, रेफ्रीहरु रुवेन राई, सन्तोष कटुवाल लगायतलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उद्घाटन गर्नुभएको प्रतियोगितामा उदयपुरको बेल्टार, कटारी, जलजले, सुन्दरपुर, बसाहा, राजाबास लगायतका विभिन्न ठाउँका ब्याड्मिन्टन क्लवका खेलाडीहरुको सहभागिता थियो । खेल सौहाद्रपूर्ण र रोचक प्रतिष्पर्धाकाबीच सम्पन्न भएको अध्यक्ष पोखरेलले बताउनुभयो । आगामी वर्षदेखि खेललाई अझ स्तरीय र बृहदपमा आयोजना गरिने पनि उहाँले बताउनुभयो ।