Friday, May 22News That Matters

जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना

पूर्णपुष्टि, असार ११

कोरोना भाईरस संक्रमणको महामारीले बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारको योजना छ । बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने सरकारलेनिर्णय गरेको हो ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।

समन्वय गरिरहेको र तत्कालै श्रम स्वीकृति खुलाउनको लागि कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्ने जनाएको छ । स्वास्थ्यको मापदण्ड पालना गरेर जाने भनिएको छ । तर यो विषय तीन चारवटा कुरासँग जोडिएको जनाईएको छ ।

विदामा घर आएको तर कोरोना महामारीले फेरी  विदेश जान पाएका छैनन् ।  उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी प्रक्रियाहरु निर्धारण गर्ने जनाईएको छ ।

पहिले कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ ।

सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुको प्रवेशमा रोक नै लगाएका छन् ।