
पूर्णपुष्टि, फागुन २९ । त्रिगा नगरपालिका वडा नम्बर १ जोगीदहमा निःशुल्क आँखाजाँच शिविर सम्पन्न भएको छ । शुक्रबार श्री जनप्रेमी मावि पूर्वटोलमा वडा नम्बर १ को आयोजना र नेपाल नेत्र ज्योति संघ सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
शिविरमा आँखा जाँच गरेका १९५ जनामध्ये थिए भने १६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । शिविरमा छनोट भएका मोतियाबिन्दुका १६ जना बिरामीहरूको निशुल्क सल्यक्रिया गरिने वडा नम्बर १ का अध्यक्ष मनोज कुमार चौधरीले बताएका छन् ।
