
पूर्णपुष्टि,असार २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् । आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ । जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।
विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए । त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए । ुव्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने ।
महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।
