Monday, May 4News That Matters

कोशी प्रदेशका उपसभामुख दनुवारको पहलमा विद्यालयको घेराबारा निर्माण

पूर्णपुष्टि,असार २५ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ५का एक विद्यालयमा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको पहलमा घेराबारा निर्माण गरिएको छ । उपसभामुखको पहलमा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री आधारभूत विद्यालय केउरेनीको कम्पान्डमा घेराबारा गरिएको हो ।

जिल्लाको पहाडी भेमा अवस्थित यस विद्यालयमा वर्षेनी आउँने बाढि पहीरोले विद्यालयमा क्षेती पुर्याउने गरेको छ । सोही अनुरुप आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशको ५ लाख रुपैयाँ सहयोगमा विद्यालयको घेराबारा निर्माण भएको विद्यालयका प्रधानाध्यापक जीवन श्रेष्ठले जानकारी दिए ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले करिब १ सय २० जना विद्यार्थी अध्यनरत छन् ।