Friday, May 22News That Matters

जोसुवाले बनाए विश्व कीर्तिमान

पूर्णपुष्टि, साउन ३१

युगान्डाका धावन जोसुवा चेप्टेगेईले ५ हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएको छ । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान बनाएको हो । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो बनाएको थियो ।

यसअघि इथिओपियाका केनेनिसा बेकेलेले ५ हजार मिटर १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान राखेका थिए । इथिओपिउन लेजेण्डले सन् २००४ मा उक्त कीर्तिमान बनाएका थिए ।

मोनाकोका जोसुवाले गत फेब्रुअरीमा ५ किलोमिटर रोड रेसमा पनि कीर्तिमान बनाएका थिए ।