
पूर्णपुष्टि, साउन २ गते ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आर.आई.टी ) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका सुन्दरहरैचा नगरपालिका–५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ । रासस
