ज्योतिमा माविमा बाली विज्ञान विषयको पढाई शुरु

राजेन्द्र दुष्ट
बेल्टार/मंसिर ११ गते । 

विद्यालय व्यवस्थापन समिति र बेल्टारका शिक्षा प्रेमीहरुको अथक प्रयासले चौदण्डीगढी नगरपालिका–६ को ज्योति माविमा बाली विज्ञान विषयको अध्ययन शुरु हुने भएको छ ।  सिटिभिटिबाट सम्वन्धन प्राप्त १८ महिने बाली विज्ञान विषय(जेटिए) को कक्षा संचालनको भएको हो ।

बुधबार नगर प्रमुख खगेन्द्र राईले उद्धघाटन सबैको मेहनत, पगनशिलताले आज हामीले सोचेको जस्तो विषय आफुहरुले पढ्न नपाए पनि पछिल्लो पुस्ताका भाई बहिनीहरुले यो विषय अध्ययन गर्ने अवर प्राप्त भएकोमा यो सबैको सफलताको काम भएको नगर प्रमुख खगेन्द्र राईले बताउनु भयो । मेयर राईले भन्नु भयो, “ ६०÷६५ प्रतिशत नागरिक कृषिमै आश्रित भएकोले नगरपालिकाले पनि कृषि क्षेत्रलाई नै प्राथमिक्तामा राखेको छौ , र भविस्यमा कृषिलाई उद्योगको रुपमा स्थापित गर्न लागि परेका छौ ।”कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरीले नेपाल एक कृषि प्रधान देश भएकोले कृषि प्राविधिक विषयको पढाई शुरुवात भएकोमा शुभकामना व्यक्त गर्नु भयो ।  विद्यालय स्थापनाकाल देखि नयाँ विषय के ल्याउन सकिन्छ भनेर छलफल र अन्तरकृया गर्दा गर्दै यो कृषि विज्ञान विषयमा सोच पुगेकोले आज यो विषयको शुरुवात भएकोमासबैसंग खुसि व्यक्त गर्नु भयो ।

भविस्यमा यो विषय लिएर अध्ययन पुरा भए पछि जागिर नखोज्न आग्रह गर्र्दै यो पेशाले विद्यार्थी आपैmलाई मालिक बनाउने छ अब नोकर बनेर हैन सबै मालिक बन्ने प्रयास गर्नु पर्ने विद्यार्थीहरुलाई सुझाउनु भएको छ । यसएलसी उत्तिर्ण विद्यार्थीहरुले मात्र पढ्न पाउने प्राविधिक विषयमा जम्मा ४० जनाको सिट संख्या पुरा भएको विद्यालयले जनाएको छ ।

कार्यक्रमा नगर शिक्षा शाखाका शिक्षाविज्ञ राजकुमार ओझा, शिक्षक अभिभाबक संघका अध्यक्ष कृष्ण चामिलङ, समाजसेवीहरु भोला चन्द्र राई, शम्भू पौडेल, राजेन्द्र कटवाल, राजेन्द्र पौडेल, जनक कार्की लगायत शिक्षा प्रेमीहरुले कार्यक्रमको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम युवराज कटवालको संचालनमा प्रदिप केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: