Tuesday, July 7News That Matters

ज्योति माद्यामिक बेल्टारको ५७औँ वार्षिक उत्सव सम्पन्न

पूर्णपुष्टि,पुष २८ । चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेल्टामा अवस्थित ज्योति माद्यामिक विद्यालयले आफ्नो ५७औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । बुधावर उत्सवको अवसर पारी राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयको नयाँ भवन साथै खानेपानिको धारा संयुक्त उद्घाटन गर्दे वार्षिक उत्सव सम्पन्न गरेको हो । विद्यालयले आफ्नो चार कोठे भवन साथै खोनेपानिको सुविधा सम्पन्न विद्यालय भवन निर्ममाण गरेको छ ।

उत्सवको अवसरमा २०३७ सालको (एस.एल.सी)का प्रथम विद्यार्थी बाबुराम पौडेलद्धारा कक्षा ११ का तीन संकायमा अध्यायन गर्ने प्रथम तीन जना विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरेको छ । यता ज्येष्ठताको आधारमा विद्यालयका दुई शिक्षकलाई सोहि कार्यक्रम मार्फत विद्यालयले सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तिम्सिना, चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामा, चौदण्डीगढी नगरपालिका निर्वतमान मेयर खगेन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत चित्र पुसाद गुरागाइ, रमेश्वर कुबर, अम्बर बहादुर खड्का, केशव अधिकारी लागाएत बिभिन्न विद्यार्यी अभिभावकहरुको उपस्थितिम कार्यक्रम सम्पन्न गरिएको थियो ।