झापामा अज्ञात व्यक्तिको हतियार प्रहारबाट एक युवकको मृत्यु

पूर्णपुष्टि, पुष १
झापामा अज्ञात व्यक्तिको हतियार प्रहारबाट एक जना युवाको ज्यान गएको छ । बुधबार राति ७ बजेतिर दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीमाथि हतियार प्रहार गर्दा उनको ज्यान गएको हो ।
दमक बजारमा पराजुलीमाथि हतिया प्रहार हुँदा उनी गम्भीर घाइते भएको थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: