
पूर्णपुष्टि, साउन ४ गते ।
झापामा आग्लागी भई ६ घर जलेर नष्ट भएको छ । जिल्लाको झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा बुधवार बिहान करिब ३ बजे आग्लागी भएको हो ।
आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट जिल्ला प्रहरी कार्यालय झापाले छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाई छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको धनमाल क्षति भएको अनुमान गरिए पनि एकिन विवरण नआएको झापा प्रहरीले जनाएको छ ।
