
पूर्णपुष्टि,मंसिर ८
झापामा आफ्नै श्रीमतीको हत्यामा संलग्न एक पुरुष पक्राउ परेको छ । दमक– १ का चूडामणि भण्डारीले आफ्नै श्रीमतीको हत्या गरेका हो ।
कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीकाअनुसार भण्डारीले श्रीमतीको हत्या किन गरे भन्ने विषय खुली नसकेको र उनलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
