
पूर्णपुष्टि,कार्तिक २३
झापामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ का ६२ बर्षीय पुरुष र अर्जुन धारा नगरपालिका–६ की ८१ वर्षीया महिलाको आईतबार मृत्यु भएको हो ।

६२ बर्षीय पुरुष पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन् । मृत पुरुषको कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब पठाएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । उनको रिर्पोट आज बिहान मात्र पोजेटिभ आएको हो । 
त्यस्तै ८१ वर्षीया वृद्धामा रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा भर्ना भएकी उनको पीसीआर परीक्षणको रिर्पोट हिजो पोजिटिभ आएको थियो । 
नेपाली सेनाको टोलीले नै दुबैको शव व्यावस्थापन गर्ने भएको छ ।

