Friday, February 14News That Matters

झापा दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको फाइनलमा

सुनिल राई, गाईघाट ।

पूर्णपुष्टि, माघ २० । झापा ११ फुटबल क्लब झापा दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार बसाहास्थित नारदमुनी थुलुङ स्मृति रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा एभरेस्ट फुटबल क्लब सुनसरीलाई शून्यको विरुद्ध एक गोलले हराउँदै झापा ११ फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवाती ५ औँ मिनेटमा जर्सी नम्बर ९ का प्रदीप बुढाथोकीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच झापाका जर्सी नम्बर ९ का प्रदिप बुढाथोकी बने । यस संस्करणको फाइनल खेल मङ्गलबार झापा ११ फुटबल क्लब झापाको विरुद्ध सलहेश युवा क्लब सप्तरी बीच हुनेछ ।

उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नारदमुनि गोल्डकप उदयपुर जिल्लाको प्रतिष्ठित फूटबल प्रतियोगिता हो ।