
पूर्णपुष्टि, माघ १६ । झापा ११ फुटबल क्लब १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । बुधबार चौदण्डिगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको दोस्रो क्वाटर फाईनल खेलमा आयोजक बसाहा क्लबलाई शून्यको विरुद्ध एक गोल गर्दै झापा सेमीफाइनलमा प्रवेश गरेको हो ।
झापाका लागि जर्सी नम्बर १८ का (कप्तान) पेमा तामाङले ७९ औँ मिनेटमा गोल गरे । उनले गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । भोली हुने तेस्रो क्वाटर फाईनल खेल सलहेश युवा क्लब (सिराहा) र एलएक्स सिटी फुटबल क्लब (मोरङ्ग) बिच हुनेछ ।
भोली हुने तेस्रो क्वाटर फाईनलको विजेताले बागमति युवा क्लब (सर्लाही) सँग सेमिफाईनल खेल्नेछ भने न्यु त्रियुगा स्पोर्टस क्लब (सप्तरी) र एभरेष्ट फुटबल क्लब (सुनसरी) बिचको चौँथो क्वाटरफाईनलको विजेताले झापासँग सेमिफाईनल खेल्नेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । १० औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप यही माघ २२ गतेसम्म सञ्चालन हुनेछ । नारदमुनि गोल्डकप उदयपुर जिल्लाको प्रतिष्ठित फूटबल प्रतियोगिता हो ।