
पूर्णपुष्टि/बेल्टार, फागुन ५ गते
-आफ्नो वडाभित्रका विद्यार्थीहरुको शिक्षामा टेवा पुर्याउने उद्देश्यले चौदण्डीगढी नगरपालिका वडा नं. २ ले साईकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत निम्न स्तरका ३४ जना छात्रा र १३ जना छात्रलाई साईकल वितरण गरिएको छ । विद्यार्थीहरुलाई क्याम्पस जान धाउन वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार साईकल वितरण गरिएको हो ।
वडा कार्यलयमा विहिबार एक समारोहकाबीच चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई र वडा अध्यक्ष सन्तोष सुवेदीले संयुक्तरुपमा साईकलको चावि विद्यार्थीहलाई हस्तान्तरण गरेका थिए ।
टाढाटाढाबाट विद्यालय धाउने विद्यार्थीको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो ।
मेयर खगेन्द्र राईले विद्यार्थीलाई साईकल वितरण गर्ने कार्यक्रम यसबर्ष २ नम्बर वडाले गरेकोमा आगामीवर्षदेखि नगरक्षेत्रभरी नै लागु गर्ने बताउनुभयो ।